ओपेक प्लसले कच्चा तेल उत्पादनमा हालको कोटालाई यथावत राख्ने

0
138

कच्चा तेल उत्पादक मुलुकहरुको संगठन ओपेक प्लसले हालको उत्पादन कोटालाई नै निरन्तरता दिने निणर्य गरेको छ । कच्चा तेलको मूल्य बढाउन चाहेको ओपेक प्लसले यसअघि नोभेम्बर महिनामा दैनिक २० लाख ब्यारेल उत्पादन कटौती गरेको थियो ।

त्यो कटौती परिमाणलाई केही समायोजन गर्ने अनुमान गरिए पनि ओपेक प्लसले सो परिमाणको कटौतीलाई नै निरन्तरता दिने निणर्य गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले जनाएको छ ।

उता युरोपियन युनियन, जी सेभेन मुलुक र अष्ट्रेलियाले सहमति गरेको रूसी समुद्री तेलको मूल्य सीमा आजबाट लागू भएको छ ।

आजदेखि लागू भएको प्रति ब्यारेल ६० डलरको क्यापको उद्देश्य युक्रेनमा आफ्नो युद्धमा आर्थिक सहयोग गर्ने र विश्व बजारमा आपूर्ति गरिरहने सुनिश्चित गर्दै रुसको क्षमतालाई सीमित गर्ने हो । तर, मस्कोले भने उत्पादन कटौती गर्नु परे पनि यो उपायको पालना नगर्ने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here