रवि लामिछानेको नागरिकता विवाद: अमेरिकी दूतावासलाई प्रहरीको पत्र

0
187

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादको विषय यतिबेला पेचिलो बनेको छ । लामिछानेले अर्को देशको नागरिक रहेकै अवस्थामा दोहोरो नागरिकता र पासपोर्ट लिएको तथा निष्क्रिय भइसकेको नागरिकताका आधारमा पार्टी दर्ता तथा उम्मेदवारी दिएको आरोप छ ।

गृह मन्त्रालयमा समेत सोही विषयमा उजुरी परेपछि गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई पत्र लेखेर नागरिकताको विषयमा छानबिन गर्न भनेको छ ।

समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता युवराज सफलले मङ्सिर ६ गतेको मिति राखेर मङ्सिर ९ गते गृह मन्त्रालयमा लामिछानेको नागरिकता विवादमा सम्बन्धमा गृह मन्त्रालयमा उजुरी गरेका थिए।

यता लामिछानेले भने आफ्नो नागरिकता विवादमा मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनलाई स्पष्टीकरण बुझाएका छन्। लामिछानेले आफ्नो नागरिकता नेपाली नभएको भनि गरिएको दाबी गलत भएको उल्लेख गरे।

प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार भएपछि आफ्नो नागरिकताको कुरा विवादमा ल्याइएको तर, आफू नेपाली नै भएको उनको दाबी छ ।

उनले आफूले २०५० साल फागुन १० गते काठमाडौंबाट नेपाली नागरिकता लिएको र अध्ययनका सिलसिलामा अमेरिका पुगेपछि अमेरिकाको स्थायी बसोबास लिएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here