स्याङ्जा । स्याङ्जा २ बाट नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित भएका छन् ।
धनराजले ३१ हजार ४६६ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सचिव पदमा अर्यालले २५ हजार ८३९ मत पाएको । उनीहरुबीचको मतान्तर ५ हजार ६२७ रह्यो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ८ हजार ११३ मत पाए ।
१ लाख १६ हजार ६७८ मतदाता रहेकाे क्षेत्रमा ७० हजार १ सय ९१ मत खसेको थियो ।