माओवादीको निर्णय: सरकार बनाउन सबै विकल्प खुला, गठबन्धन कायम

0
160

काठमाडौं। नेकपा माओवादी केन्द्रले सरकार गठनका सन्दर्भमा सबै विकल्प खुला राख्ने निणर्य गरेको छ । पदाधिकारी बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले गठबन्धन छाड्ने निणर्य भने नगरेको बताए।

उनले अन्य विकल्पमा पनि खुला रहने समेत जानकारी दिए। बैठकमा अपेक्षा गरे अनुरुप प्रतिनिधि सभामा सीट आउन नसकेको समिक्षा भएको महराले बताए।

बैठकपछि महासचिव देव गुरुङले अहिले गठबन्धनमै रहेकाले गठबन्धनकै सरकार गठनको पहल हुने भन्दै वार्ता र संवाद एमालेसँग पनि हुनसक्ने समेत बताएका छन्।

बैठकमा चुनावको प्रारम्भिक समिक्षामात्र भएकाले सरकार गठनको प्रक्रिया तथा एजेण्डाबारे छलफल नै नभएको उनले बताए।

राजनीतिक कोर्ष जता पनि जान सक्ने भन्दै उहाँले गठबन्धन अहिले यथावत नै रहेको बताए। तर भावी यात्राबारे अहिले कुरा नभएको उहाँले प्रष्ट पारे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here