यू-१९ राष्ट्रिय क्रिकेट: अपराजित रहदै सुदूरपश्चिम फाईनलमा 

0
203

काठमाडौं। राजधानीमा जारी यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश अपराजित रहदै फाईनल पुगेको छ । समूह चरणको अन्तिम खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई ७ विकेटले पराजित गरि अपराजित यात्रा कायमै राखेको छ ।

मुलपानी क्रिकेट मैदानमा खराब मौसमका कारण केहि ढिला सुरु भएको खेल ४५ ओभरमा छोट्टयाईएको थियो ।  

बागमतीले जितका लागि दिएको १ सय २५ रनको लक्ष्य सुदुरपश्चिमल १९.१ ओभरमा पुरा गरेको हो ।

सुदूरपश्चिमको जितमा कप्तान अनुराग सिंहले ४४ बलमा ६ चौकाको सहयोगमा अविजित ३९ रन बनाए । 

मिलन बोहोराले ३३ तथा गजेन्द्र बोहोराले अविजित १९ रन बनाए ।  दिपक बोहोराले १७ रन तथा दीपक बोहोराले १० रन बनाए । 

बागमतीका लागि रोसन विकले २ तथा प्रतिक श्रेष्ठले १ विकेट लिए । 

त्यसअघि पहिले ब्याटिङ गरेको बागमती २८.४ ओभरमा अलआउट हुदै १ सय २४ रन बनाएको हो ।

बागमतीका लागि प्रतिक श्रेष्ठले ५० बलमा ४४ रनको ईनिङ खेले। रोशन विकले अविजित ३६ तथा सक्षम बस्ताकोटीले ३३ रन बनाए ।

बागमतीका ७ खेलाडी डग आउट भए । 

बागमतीलाई कम रनमा रोक्न आकाश चन्दले ह्याट्रिक सहित ४ विकेट लिएका थिए ।

यस संस्करणको प्रतियोगितामा नै पहिलो ह्याट्रिक लिएका चन्दले ५.४ ओभरमा १२ रन खर्चिएर ४ विकेट लिए ।  

हेमन्त धामीले ३ तथा नरेन साउदले २ विकेट लिए । युवराज खत्रीको नाममा १ विकेट रह्यो । 

आजको खेलमा जित हात पारेको सुदूरपश्चिम अपराजित रहदै फाईनल पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here