सेनेगलको संसदमा झडप

0
169

सेनेगलको विपक्षी पार्टीका एक पुरुष विधायकले महिला विधायकलाई थप्पड हानेपछि त्यहाँको संसदमा झडप भएको छ ।

बिहीबार बजेट प्रस्तुत गर्ने क्रममा संसदका विपक्षी दलका सदस्य मासाता साम्बले सत्तारुढ गठबन्धन ‘बेन्नो बोक याकार (बीबीवाई)’की विधायक एमी नदिए गनीबीलाई थप्पड हानेपछि संसदभित्रै मारपिट भएको थियो । 

टेलिभिजन फुटेजमा सत्तारूढ र विपक्षी दलका राजनीतिज्ञहरू बीच संसदमा एक अर्काविरुद्ध मारपिटमा उत्रिएको देखिन्छ ।

गनीबीले आफूलाई थप्पड हान्ने सांसदमाथि कुर्सी उठाएर हान्छिन् । त्यसपछि अर्का सांसदले गनीबीलाई समाएर भुइँमा लडाए । राजनीतिज्ञहरू कुटपिट, आरोप प्रत्यारोप र गाली गलौचनमा उत्रिएपछि बैठक स्थगित भएको थियो ।

सेनेगलमा जुलाईको विधायिकी चुनावपछि सत्तारुढ र विपक्षी राजनीतिज्ञ बीच तनाव बढेको छ ।

जुलाईको निर्वाचनमा सत्तारूढ दलले उसको सहज बहुमत गुमाएको थियो । राष्ट्रपति म्याकी सलले सन् २०२४ मा तेस्रो कार्यकालमा उठ्ने हल्लाले मत काटिएको विश्लेषण गरिदैंछ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here