आफ्नै नेतृत्वमा सरकार बनाउन एमालेको कसरत, नेकपा एससँग पनि सहकार्यको संकेत!

0
191

काठमाडौं। कुनैपनि दलले स्पष्ट बहुमत हासिल गर्न नसकेको अवस्थामा नयाँ सरकार आफ्नै नेतृत्वमा बनाउन कसरत सुरु गरेको छ । सिके राउत नेतृत्वको जनमत पार्टीले देउवाको नेतृत्वमा सरकार बनाउन सकारत्मक प्रतिक्रिया दिएसंगै सत्तारुढ गठबन्धनलाई १३८ सिटको बहुमत पुगेको छ ।

नेकपा एमालेलाई भने अहिले राप्रपा र जसपा सहितको दलका सांसद सहित माओवादी मिले सरकार बनाउन सहज हुने दखिन्छ । कांग्रेसकै हाराहारीमा सिट आएकाले स्थिरता, समृद्धि र परिवर्तनकारी एजेन्डा सुनिश्चित गर्न सरकार निर्माणमा भूमिका खेल्न सकिने एमालेको दृढता छ । ए

मालेले बहुमत ल्याउने लक्ष्यसहित पार्टी अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारेर निर्वाचनमा होमिएको थियो । तर, नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीमा मत डाइभर्ट हुँदा बहुमतको लक्ष्यमा क्षति पुगेको एमालेको प्रारम्भिक निष्कर्ष छ । तैपनि सरकार गठनका लागि पहल गर्ने एमाले नेताहरूको भनाइ छ ।

यसैबीचमानेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचनबाट प्राप्त अभिमतलाई ध्यान दिँदै सरकार गठनलगायत सबै राजनीतिक दलसँग वार्ता र संवादका आधारमा अघि बढ्ने बताएका छन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले जनादेशअनुरूप टुंगोमा पुग्न विगतका सबै गल्ती-कमजोरीलाई बिर्सेर सबै राजनीतिक दलसँग संवाद र छलफल सुरु गरेको बताए।

राजनीति भनेको सम्भावनाको खेल भएकाले निर्वाचनपछि सरकार गठनका विषयमा विभिन्न कोणबाट विषय उठिरहेको उल्लेख गर्दै उनले सबै दलले एक-अर्कामा पानी बाराबार गरेर अघि बढ्ने स्थिति अहिले नभएको बताए। एनले एमालेबाट विभाजन भई गठन भएका नेकपा एकीकृत समाजवादीसँग पनि सहकार्य हुन सक्ने संकेत गरे।

यस्तै पार्टीका उपमहासचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने काममा लाग्नुपर्ने बताए। प्रेस चौतारी नेपालले आज काठमाडौंमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै गुरुङले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमै सरकार बन्ने प्रचारलाई तोडेर एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउन पहलकदमी लिनुपर्ने बताए।

सत्तारूढ गठबन्धनलाई तोडेर वामपन्थी शक्तिहरूलाई एकजुट बनाउँदै एमालेले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउन पहलकदमी लिनुपर्ने उनको भनाई छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here