विश्वकपबाट बाहिरियो बेल्जियम

0
196

काठमाडौं । बेल्जियम कतारमा जारी फिफा विश्वकप फुटबलको समूह चरणबाट बाहिरिएको छ ।

अहमेद बिन अलि स्टेडियममा बिहीबार राति भएको समूह चरणको अन्तिम खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियम बाहिरिएको हो ।

क्रोएसिया भने नकआउट चरणमा प्रवेश गरेको छ ।
बराबरीपछि समूह ‘एफ’ को बेल्जियमले ३ खेलमा ४ अंक जोड्यो ।  बेल्जियम तेस्रो स्थान रह्यो । 

क्रोएसिया भने दोस्रो स्थानमा रहदै राउण्ड अफ १६ मा पुगेको हो ।

साविक उपविजेता समेत रहेको क्रोएसियाले ३ खेलमा ५ अंक जोड्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here