गुजरात विधानसभा चुनाव २०२२ को पहिलो चरणको मतदान सम्पन्न भएको छ । केही सिटमा मतदानका लागि मतदातामा उत्साह देखिएको छ भने केही सिटमा ढिलो मतदान भएको छ ।
दोस्रो चरणको ९३ सिटका लागि आगामी सोमबार मतदान हुने छ । मतगणना प्रक्रिया भने आगामी बिहिबार हुनेछ । पहिलो चरणको निर्वाचनमा साँझ ५ बजेसम्म ५६ दशमलव ८८ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
गुजरातका मुख्य निर्वाचन अधिकारीका अनुसार पहिलो चरणमा १९ जिल्लामा ७८८ उम्मेदवारहरू मैदानमा छन्। यी उम्मेदवारमध्ये ७० महिला र ३३९ स्वतन्त्र छन् ।
८९ सिटमध्ये १४ वटा अनुसूचित जनजाति र ७ वटा दलितका लागि आरक्षित छन् ।