खुमलटारमा प्रचण्ड र सीके राउतबीच भेटवार्ता

0
103

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ । दुई नेताबीच प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको हो ।

भेटवार्तामा बधाई तथा शुभकामना आदान प्रदान भएको प्रचण्डको सचिवालयले जनाएको छ । साथै उनीहरुबीच सत्ता गठबन्धनको विषयमा पनि सामान्य छलफल भएको बताएको छ ।

राउतले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए । देउवासँगको भेटमा जनमत पार्टी आगामी सरकारमा सहभागी हुनेबारे सहमति भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here