समूह विजेता बन्दै नेदरल्यान्ड्स नकआउट चरणमा

0
128

नेदरल्यान्ड्स समूह ए को विजेता बन्दै फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । समूहको अन्तिम खेलमा कतारलाई २-० ले हराउँदै नेदरल्यान्ड्स समूह चरणमा अपराजित रहयो ।

नेदरल्यान्ड्सविरुद्ध कतारले पछिल्ला खेलको तुलनामा सुधारिएको खेल प्रस्तुत गरेपनि गोल गर्न भने असफल रहयो । जवाफमा डच टोलीले कतारी डिफेन्समा कमजोरीको फाइदा उठाउँदै जित दर्ता गर्न सफल रहयो । पहिलो हाफको अन्त्यतिर अग्रता लिएको नेदरल्यान्ड्सले दोस्रो हाफको सुरुवातमा अग्रता दोब्बर पार्दै खेलमा अग्रता दोब्बर पारेको थियो ।

अल बेयत रंगशालामा मंगलबार तेस्रो मिनेटमा कतारका कप्तान हसान अलहेदोसले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक एन्द्रिज नोपर्टले सहजै बचाए ।

खेलको २६ औं मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए । विश्वकपमा उनको यो तेस्रो गोल हो ।

दोस्रो हाफको सुरुवातमै नेदरल्यान्ड्सले अग्रता दोब्बर पार्यो । फ्रेन्की डे जोङले ४८ औं मिनेटमा कतारी डिफेन्सको गल्तीमा गोल थपेका थिए ।

६८ औं मिनेटमा नेदरल्यान्ड्सले गोल फर्काएपनि भिडियो असिस्टेन्ट रेफ्रीले त्यसलाई मान्यता दिएन ।  इन्ज्युरी समयमा स्टिभन बर्घिअसको प्रहार क्रसबारमा लागेर फर्कंदा डच टोलीको अग्रता २-० मै सिमित रह्यो ।

नेदरल्यान्ड्सले ३ खेलमा ७ अंक जोड्दै अंक तालिकामा शीर्षस्थान हासिल गर्यो । कतार अंकविहिन रहँदै तालिकाको पुछारमा रहयो । समूहको अन्तिम खेलमा सेनेगलले इक्वेडरलाई हराउँदै नकआउट चरणमा प्रवेश गर्यो । सेनेगलले ३ खेलमा २ जितसहित ६ अंक जोड्दै दोस्रो स्थान हासिल गर्यो । इक्वेडर ४ अंकसहित तेस्रो स्थानमा सिमित रह्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here