विश्वकप फुटबल: आजको खेल हारे अर्जेन्टिना घर फर्किने

0
284

काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत आज हुने ४ खेल हुने भएका छन् । जसमा आज हुने खेलमा अर्जेन्टिना र पोल्याण्ड पनि खेल्ने छन् । समूह सीका यी दुईसहित मेक्सिको र साउदी अरेबियाबीचको खेल मध्यराति पौने १ बजे सुरु हुनेछ ।

यो समूहका चारै टिमको अन्तिम १६ मा पुग्ने संभावना रहेको छ ।  तर चार मध्ये आजका खेल जित्ने २ टिम अन्तिम १६ मा पुग्ने छन् भने हार्ने टिम समूह चरणबाटै बाहिरीने भएको छ । अर्जेन्टिना आफ्नो पहिलो खेलमै अप्रत्यासित रुपमा साउदी अरेबियासँग  हार व्यहोरेको छ । 

पहिलो खेलमा झड्का बेहोरेको अर्जेन्टिनाले कप्तान मेसीको प्रेरणादायी प्रदर्शनमा दोस्रो खेलमा मेक्सिकोलाई २-० ले हराएर नकआउटको सम्भावना कायमै राखेको छ ।

अर्जेन्टिनालाई नकआउट चरणमा पुग्न आज राति पौने १ बजे पोल्याण्ड विरुद्धको खेल जित्नु आवश्यक रहेको छ । दुई खेलबाट ३ अंक मात्र रहेको अर्जेन्टिनाले अन्तिम १६  पुग्न पोल्यायण्डलाई पराजित गर्नुपर्नेछ । अर्जेन्टिनालाई बराबरीमा रोके पनि पोल्याण्ड नकआउट चरणमा पुग्ने छ ।

बराबरीले अर्जेन्टिनाको नकआउट चरण यही समयमा हुने मेक्सिको र साउदी अरेवियाबीचको खेलको नतिजामा भर पर्ने छ । साउदी अरेवियाले जितेमा उ पनि अन्तिम १६ मा पुग्ने छ ।

तर साउदी अरेवियामाथिको जितले मात्र मेक्सिकोको नकआउट चरण यात्रा तय हुने छैन । उसले अर्जेन्टिना र पोल्याण्डको नजितामा भर पर्नु पर्छ । अर्जेन्टिना हारेमा र साउदीलाई हराउन सकेमा मेक्सिको नक आउट चरणामा पुग्ने छ । तर अर्जेन्टिना हारेको स्थितिमा मेक्सिकोलाई बराबरीमा रोके पनि साउदी नक आउट चरणमा जाने छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here