ओलीलाई बालेनको जवाफ: ‘सुकुम्बासी तपाईंको लागि भोट बैंक मात्रै रहे’

0
283

काठमाडौं महानगरपालिकाले मेयर बालेन्द्र शाहले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि सुकुम्बासी भोट बैंक मात्र भएको बताएका छन् ।

मंगलबार ओलीले बल प्रयोगबाट सुकुम्बासी समस्याको समाधान नहुने बताउँदै बल प्रयोग गर्न गलत भएको बताएका थिए ।

सामाजिक सञ्जालमार्फत जवाफ फर्काउँदै बालेनले २०४७ साल यता १४ वटा भूमि आयोग गठन हुँदा पनि काठमाडौंको सुकुम्बासी समस्या समाधान गर्न नसकेको बताए । बालेनले लेखेका छन्,’मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्बासीले भोगेको ३२ वटा जाडो देख्नु भएन । सुकुम्बासीहरु तपाईंका लागि भोट बैंक मात्रै रहे ।’

बालेनले सकुम्बासीहरुलाई ओलीले गुठी आन्दोलन जस्ता आफ्ना स्वार्थ विपरितका कुराहरूमा प्रयोग गरेको आरोप समेत लगाएका छन् । ‘बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गर्नु भयो । त्यो पनि राजनीतिक स्वार्थवश्,’ बालेनले लेखेका छन्,’तपाईलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईको नेतृत्वमा लुँहिटी (सुन्धारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो ? हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडी बढाउनु भयो ? यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदिक्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईले विरोध गर्नु असामान्य होइन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here