विश्वकै सक्रिय ज्वालामुखी पहाड ‘माउना लोआ’ मा ४० वर्षपछि विस्फोट

0
199

अमेरिकाको हवाईस्थित विश्वकै सबै भन्दा सक्रिय मानिने ज्वालामुखी पहाड ‘माउना लोआ’ बाट ज्वालामुखी विस्फोट हुने क्रम जारी रहेको छ ।

करिब ४० वर्षपछि पहिलो पटक सो ज्वालामुखी सक्रिय भएको र पहाडको टुप्पाको वरपर मात्र लाभा बगिरहेकाले फेदमा रहेका समुदायलाई खासै खतरा नरहेको बताईएको छ । यद्दपी अमेरिकी भौगर्भिग विभागले भने परिस्थिति कुनै पनि बेला खतरनाक हुनसक्ने चेतावनी दिएको छ ।

हवाईको विग टापु र वरपरका जलीय क्षेत्र र त्यहाँका बासिन्दालाई लाभाको खरानी खस्ने बारेमा सतर्क गराइएको छ ।त्यसैगरी ज्वालामुखीको सतर्कता स्तरलाई बढाएर ‘सल्लाह’ बाट ‘चेतावनी’ मा पुर्याइएको छ । यसअघि सन् १९८४ को मार्च र अप्रिलमा माउना लोआ विस्फोट हुँदा लाभा सहरको ५ माइल दूरीसम्म बगेको थियो ।

यो पछिल्लो विस्फोट आइतबार राति यस पहाडको टुप्पो काल्डेराको मोकुआविओविओमा भएको हो ।ज्वालामुखी विस्फोट हुँदा वरपरका क्षेत्रमा दर्जनौं पटक २ दशमलव ५ रेक्टर स्केल भन्दा शक्तिशाली कम्पन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here