कतार विश्वकपः अस्ट्रेलियाको पहिलो जित

0
138

कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत समूह ‘डी’को अस्ट्रेलियाले पहिलो जित निकालेको छ । कतारको अल जानौब रंगशालामा ट्युनिसियालाई १-० गोलको कठिन जित निकालेको हो ।

खेलको २३औँ मिनेटमा मिचेल डुकले गोल गर्दै अस्ट्रेलियालाई १-० गोलको अग्रता दिलाएका थिए ।

सोही गोल नै अष्ट्रेलियाका लागि निणर्ायक बन्यो । तुलनात्म रुपमा बल पोजिसनमा पकड जमाएको ट्युनिसियाले गोलको लागि निकै प्रयास गरेता पनि गोल भने गर्ने सकेन् ।

पहिलो खेलमा फ्रान्स सँग पराजित भएको अस्ट्रेलियाले ३ अंक जोडेको छ । यात पराजित ट्युनिसिया पहिलो खेलमा डेनर्माकसँग बराबरी खेल्दै एक अंक जोडेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here