सरकार कसको बन्छ भन्न सकिन्न, वाम एकता हुन सक्छ: माधव नेपाल

0
131

काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले वाम दलहरुबीच एकता हुनसक्ने बताएका छन्। रौतहट १ बाट निर्वाचित भएपछि प्रतिक्रिया दिँदै नेपालले वामको नाममा गलत प्रवृत्ति लिएकाहरूसँग भने एकता सम्भव नभएको बताए।

नेपालले सिद्धान्त र आदर्शमा अघि बढ्ने हो भने वामहरूबीच एकता हुन सक्ने समेत बताए। उनले अबको सरकार कसको भन्छ भन्ने भन्न नसकिने पनि उल्लेख गरे।

संसदीय जितलाई उनले आफ्नो इमान्दारिता र निष्ठाप्रति जनताको विश्वासका रूपमा लिएको बताए। पार्टीको समग्र परिणाम भने सोचेभन्दा कम आएको उनले बताए।

‘यो हामीले सोचेभन्दा कम हो। हाम्रा कमी-कमजोरी पनि भएका होलान्। तिनलाई अब सुधारेर जानुपर्छ,’ उनले भने।
उनले आगामी दिनमा निर्वाचनको परिणामको मूल्याङन गर्दै भएका कमिकमजोरी सुधार गरी अघि बढ्ने समेत बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here