कतारलाई हराउँदै इक्वेडरको विजयी सुरुआत

0
150

काठमाडौं।  कतार फिफा विश्वकप २०२२ मा इक्वेडरले विजयी सुरुवात गरेकाे छ।

अल बायत स्टेडियममा भएकाे उद्घाटन खेलमा अहिले आयोजक कतारविरूद्ध इक्वेडरले २-० काे जित निकालेकाे हाे।

खेलको पहिलो हाफ सकिदा कतारविरुद्ध इक्वेडरले बनाएकाे २ गाेल नै निर्णायक बन्याे। इक्वेडरका लागि दुबै गोल कप्तान इनर भ्यालेन्सियाले गरे । 

खेलको १६ औं मिनेटमा भ्यालेन्सियाले पेनाल्टीबाट गोल गर्दै इक्वेडरलाई सुरुआती अगता दिलाएका थिए । 

कतारी गोलकिपर साद अब्दुल्लाह अल शिवले पेनाल्टी क्षेत्रभित्र भ्यालेन्सियालाई लडाएपछि इक्वेडरले पेनाल्टी पाएको थियो । जसमा इनरले सहजै गोल गरे ।

त्यसपछि खेलको ३२ औं मिनेटमा हेडरमार्फत भ्यालेन्सियाले व्यक्तिगत दोस्रो गोल गरेपछि इक्वेडरले जित निकालेकाे हाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here