विश्व भुटानी साहित्य समाजको आयोजनामा ११३ औं लक्ष्मी जयन्ती भर्चुअल माध्यमबाट मनाईयो

0
214

कात्तिक २१/
विश्व भुटानी साहित्य समाजले ११३ औं लक्ष्मी जयन्ती भर्चुअल माध्यमबाट मनाएको छ । गत अक्टुबर २३ तारिखका दिन समाजका अध्यक्ष कर्ण गुरूङको सभापतित्वमा कार्यक्रम भर्चुअल रुपमा सम्पन्न भएको हो । वरिष्ठ साहित्यकार कृष्ण धारावासी र हिमाल हुमागाईको प्रमुख आतिथ्यता तथा लक्ष्मिप्रसाद देवकोटाका सुपुत्र वरिष्ठ साहित्यकार पद्म देवकोटाको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको समाजका महासचिव पातलो अन्तरेले जानकारी दिनुभयो ।
कार्यक्रममा साहित्यकारहरु नारद खरेल, सुनिता राई, गोपाल पौड्याल लगायत अमेरीका निवासी विभिन्न राज्यवाट धेरै साहित्यिक व्यक्तित्वहरू जोडिनु भएको थियो । कार्यक्रममा सहभागी सबै स्रष्ठाहरूले कविता, गजल, रूवाई एवं कथा वाचन गरेका थिए । यस मध्ये देवकोटालाई सम्झिदै यस कार्यक्रममा अंग्रेजÞी कविता र कथा पनि वाचन भएका थिए ।
यसै कार्यक्रममा विश्व भुटानी साहित्य समाजका संस्थापक अध्यक्ष डेन्जोम साम्पाङले नेपालीहरूका लागी देवकोटा पुज्य रहेको बताउनु भयो । देवकोटाको जयन्तीमा गरिएको कार्यक्रममा देवकोटाकै सुपुत्रको उपस्थिती हुनु, उहाँका कृतीहरूको समिक्षा पाउनु गर्भको बिषय भएको बताउनु भयो । उहाँले साहित्यिक खोजहरू र देवकोटाका बारेमा अझ धेरै विवेचना भएको र देवकोटा नै अगाडी उभिएको जस्तो भएको बताउनु भयो । कार्यक्रम विश्व भुटानी साहित्य समाजका महासचिव पातलो अन्तरेले संचालन गर्नु भएको थियो भने कार्यक्रममा संस्थाका वर्तमान पदाधीकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here