साफ महिला फुटबल : भारतलाई हराउँदै नेपाल फाइनलमा

0
226

काठमाडौँ-छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो पटक भारतलाई हराएको छ ।

शुक्रबार भएको दोस्रो सेमिफाइनलमा साविक विजेता भारतलाई १-० गोलले हराउँदै नेपाल फाइनल पुगेको हो ।

साविक उपविजेता समेत रहेको नेपाललाई जित दिलाउन रश्मी कुमारी घिसिङले निर्णायक गोल गरिन् । प्रिती राईको पासमा पहिलो हाफको इन्जुरी समयमा रश्मीले निर्णायक गोल गरिन् ।

अब नेपालले फाइनलमा बंगलादेशको सामना गर्नेछ । फाइनल खेल सोमबार हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here