अन्तर्राष्ट्रिय निकायहरूले छाडेपछि पुनर्वासपछि रहेका भुटानी शरणार्थिहरु विचल्लीमा , बिरामी हुँदा सिटामोल सम्म दिने कोहि नभएको गुनसो

0
356

भदौ १९/
आफ्नो माटोबाट लखेटिएर सन् १९९० पछि पूर्वी नेपालमा आउन थालेका भुटानी नागरिकको आवाज सुनुवाइमा तत्कालीन समयमा अन्तर्राष्ट्रिय निकायहरूले आप्mनो ध्यान केन्द्रित गरेका थिए । एक लाखभन्दा बढी भुटानी नागरिकले शरणार्थीको मान्यता पाउने क्रमसँगै राष्ट्रसंघीय शरणार्थी आयोग (यूएनएचसीआर), विश्व खाद्य संगठन (डब्लूएफपी), अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) जस्ता निकायले शरणार्थीको जीवनरक्षा तथा शिक्षा, स्वास्थ्य, खाद्यान्नसहितका प्रबन्धमा राम्रैसँग भरथेग गरेका थिए । तर तेस्रो देश पुनर्बास संगै शरणार्थिहरु पातलिन थालेपछि यस्ता बिदेशी निकायहरु भुटानी शरणार्थिबाट अलग्गिएका छन् । अहिले बाँकी रहेका भुटानी शरणार्थिहरु न आपैंm आप्mना जिवन धान्न सक्छन, न त कुनै दात्री निकायले सहयोग गरेको छ ।
यस्ता ठूला संस्था आफुहरुको आवाज र अधिकारका लागि भन्दा आफ्नै स्वार्थ र हितका लागि मात्रै आएका थिए कि भन्ने लाग्न थालेको परिवारबाट बिछोडिएर एकल शरणार्थी बनेका दमकको बेल्डागी शिबिरका ७० वर्षे हरिप्रसाद अधिकारीले गुनासो गर्नु भयो । बिदेशी नियोगले आफ्नो स्वार्थमा १ लाख १३ हजारजति भुटानीलाई अमेरिका, बेलायतसहितका आठ मुलुक लगेको र अहिले आफुहरुलाई दालचामल दिने संस्था पनि बेपत्ता बनेर शरणार्थी आयोग पनि भगौडाझैं बनेको उहाँले बताउनु भयो । आज आफुहरुलाई मुस्किल पर्दा एउटा सिटामोल दिने समेत कोही नभएको अधिकारीले गुनसो गर्नु भयो ।
राष्ट्रसंघीय निकायका ठूला संस्था र कारितास, लुथरन जस्ता स्वयंसेवी निकाय पनि झापा–मोरङको शरणार्थी शिविरबाट जतिसक्दो चाँडो ‘भाग्नै’ चाहे । बेलडाँगी शरणार्थी शिविरका उपसचिव टीबी राईका अनुसार, अहिले बेलडाँगी (झापा) र पथरी (मोरङ) शिविरमा रहेका झन्डै ६ हजार ५ सय शरणार्थीले पछिल्ला वर्षमा ‘आफैं रोजीरोटी गरेर वा कुनै बनिबुतोमा अल्झिएर’ जीवन निर्वाह गरिरहेका छन ।
अहिले बेलडाँगी शिविरमा स्थानीयको पहल र पुनर्बसोबासमा तेस्रो देश पुगेका भुटानी शरणार्थीको सहयोगमा वृद्धाश्रम, बालबच्चाका लागि प्रि–स्कुल, कम्प्युटर इन्स्टिच्युट जस्ता मात्रै सञ्चालनमा छन । गत वर्ष कोभिड संक्रमणको चाप रहेका बेला शरणार्थी आयोगले शिविरमा रहेकालाई जनही ३ हजार रुपैयाँ ३÷४ पटकसम्म बैंक खातामा हालिदिएको थियो । अहिले दसैं–तिहारको मुखमा फेरि सहयोग केही आउला कि भनेर पर्खिबस्ने शरणार्थीहरू पनि थुप्रै छन । विश्व खाद्य कार्यक्रमले सन् २०१८ को अन्त्यदेखि नै भुटानी शरणार्थीका लागि खाद्यान्न दिन रोकेको छ ।
बेलडाँगी शिविरमा मात्रै ५ सयभन्दा बढी एकल, अशक्त र वृद्धवृद्धा रहेको क्याम्पमा उपसचिव राईले जानकारी दिनुभयो । शिविरमा ह्वीलचियरका भरमा हिँडडुल गर्नेहरू पनि उत्तिकै छन । शरणार्थी पुनर्बसोबास प्रक्रिया सन् २०१८ जनवरीदेखि स्थगित भएपछि विदेशमा रहेका आफन्तको ‘स्पोन्सर’ मा पारिवारिक मिलनमा केही गए तर अरू प्रक्रियाबाट नेपाल बाहिर जान वा शिविर छाड्न नसक्ने कठिनाइमा शरणार्थी गुज्रिरहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here