हर्षोल्लासका साथ मनाइयो तीज (फोटोफिचर)

0
199

काठमाडौँ- भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) हर्षोल्लासका साथ मनाइएको छ ।

रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिला भक्तजनको पशुपतिनाथ लगायतका देशभरका शिवालयमा भीड लागेको थियो ।

तीजमा व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकांक्षा पूरा हुने विश्वास छ । बाबुले आफ्नो विवाह भगवान् विष्णुसँग गरिदिने भएपछि पार्वतीले आफूले मन पराएको वर पाउन शिवजीको तपस्या गरेकी थिइन् ।

तथापि, आफ्नो मनोकामना पूर्ण नभएपछि उनले शिवलिङ्ग स्थापना गरी व्रत बसी पूजाआराधना गरेकी थिइन् । अन्ततः उनले गरेको व्रत यसै दिन पूर्ण भएको र व्रतका प्रभावले शिवपार्वतीको विवाह भएको शास्त्रमा उल्लेख छ । सोही आधारमा तीज पर्व मनाउने गरिएको पाइन्छ । 

तस्वीरहरू : रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here