भारतको दार्जीलिङमा दुई दिने अन्तर्राष्ट्रिय साहित्यीक समारोह सम्पन्न

0
228

भदौ १४/
विश्व नेपाली साहित्य महासंघ भारत शाखाको आयोजनामा दुई दिने अन्तर्राष्ट्रिय साहित्यीक समारोह भारतको दार्जीलिङमा सम्पन्न भएको छ । स्थानिय गोर्खा रंगमञ्च भनवमा भएको समारोहमा बिभिन्न पुरस्कारहरु वितरण गर्नुका साथै पुस्तक विमोचन र बिभिन्न प्रस्तुतीहरु रहेका थिए ।
यहि अगष्ट २७ र २८ तारिखमा भएको कार्यक्रममा आशारानी स्मति पुरस्कारबाट प्राध्यापक तेजमान बराईली, कणर् थामी स्मृती पुरस्कार बाट गितकार दलसिंह अकेला र साहित्यीक पत्रकारीता पुरस्कारबाट हाम्रो प्रजाशक्तीकी सम्बाददाता सवता संकल्पलाई जनही नगद १ लाख रुपैयाँ सहित अभिन्दन पत्र, स्मती चिन्ह, दोसल्ला र सिरशोभाले सम्मान गरिएको थियो ।
गोर्खाल्यण्ड क्षेत्रीय प्रसासन कार्यालयका प्रमुख अनिता थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विश्व नेपाली साहित्य महासंघ भारत शाखाको मुखपत्र नवकलमका धारहरु र साहीत्य सेतु कविता संग्रहको एकसाथ बिमोचन समेत गरिएको थियो भने भारत दार्जिलिङकी चर्चित गायीका सोनु राईले गित प्रस्तुत गर्नु भएको थियो ।
उक्त गरिमामय कार्यक्रममा साहित्य एकेडेमी नेपाली भाषा परामर्श समितिका संयोजक डा. जीवन नामदुङ, सिक्किमका अतिथि सीपी शर्मा, साहित्यकार सुकराज दियाली, नेपालको त्रिभुवा विश्वविद्यालयका प्रा.डा. देवी नेपाल, भारतको त्रिपुरा विश्वविद्यालयका कुलपति प्रोफेसर गंगाप्रसाद प्रसाईं लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here