भ्वाइस अफ ग्लोरी सिजन ३ को उपाधि टिका सुन्दासलाई

0
356

अर्जुुन प्रधान

विसिएनई एकता समूहले आयोजना गरेको भ्वाइस अफ ग्लोरी सिजन ३ को उपाधि टिका सुन्दासले जितेकी छन् । अमेरिकाको ह्यारिबर्गमा शनिबार (१३अगष्ट) आयोजित अन्तिम चरणको छनोटबाट टिका सुन्दास विजेता वनेकी हुन् ।
अन्तिम चरणको छनोटमा पाँच जना प्रतियोगीहरुले प्रतिस्पर्धा गरेका थिए ।
उपाधिसँगै विजेता टिका सुन्दासलाई आयोजक विसिएनईले ३५ सय डलर पुरुस्कारस्वरुप प्रदान गरेको छ । त्यस्तै, दोस्रोले २ हजार डलर र तेस्रोेले १५सय डलर पुरुस्कारस्वरुप प्राप्त गरेका छन् ।
त्यस्तै,सृजना रसाईली (फस्ट रनर अप), राम विश्वकर्मा (दोस्रो रनर अप), विवेक लामगाँडे (थर्ड रअर अप) र डेविड सुन्दास (फोर्थ रनर अप) भएका छन् ।
भ्वाइस अफ ग्लोरी सिजन ३ को जजकोरुपमा प्रविन वराईली, सुभाष सिन्चुरी र जेम्स बस्नेत हुनुहुन्थ्यो ।
अगष्ट तेह् तारिख ह्यारिसवर्गमा आयोजित ग्राण्ड फिनालीको सुरुको प्रार्थना विसिएइका अध्यक्ष संगितकार तथा रचनाकार राजु रामदामले गर्नु भयो भने कार्यक्रममा भ्वाइस अफ ग्लोरी सिजन १ का विजेता सिलिस्टी श्रेत्री, सिजन २ का रिता विश्वा र अजय सुन्दास गेष्ट आर्टिस्टकोरुपमा हुनुहुन्थ्यो । उहाँहरुले कार्यक्रममा सुसमाचार मुलुक गित प्रस्तुत गर्नु भएको थियो ।
भ्वाइस अफ ग्लोरी सिजन ३ का पाँच सहभागीहरुले आ-आफ्नो गीत प्रस्तुत गर्नु भयो भने विएनसिएका अध्यक्ष पास्टर भद्र राईले उत्साहवद्र्धक वचन वाँडनु भएको कार्यक्रम डाइरेक्टर सुवाश लुहगूनले जानकारी दिनु भयो ।
भ्वाइस अफ ग्लोरी सिजन ३ कार्यक्रमलाई सृष्टी साम्पाङ र दिपक परियारले कुशलतापूर्वक संचालन गर्नु भएको थियो भने ह्यारिसवर्ग खीष्टियन सोसाइटीका अध्यक्ष पास्टर भिम गुरुङले अन्तिम आशिष्को प्रार्थना गर्नु भयो ।
भ्वाइस अफ ग्लोरी सिजन एकको विजेता सिलीस्टी श्रेत्री, र सिजन दुईको विजेता भने रिता विश्व हुनु भएको थियो । अर्को बर्ष २०२३मा भ्वाइस अफ ग्लोरी सिजन चार हुने जानकारी भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here