प्रविण र रेणुले पुरस्कार हस्तान्तरण गर्दै

0
114


अमेरिकामा भर्खरै सम्पन्न गायन विधाको रियलिटी शो मेरो भ्वाइस कप सिजन २ र नृत्य विधाको मेरो डान्स कप सिजन ४ बिजेताहरुलाई दिईने भनेको पुरस्कार उपलब्ध गराईएको छ । मेरो भ्वाईस कपको विजेता प्रविण बर्देवा र मेरो डान्स कपको विजेता रेनुका राईलाई यस अघि घोषणा गरिएको टोयोटा र्याभ फोर गाडी र १० हजार अमेरिकी डलर उपलब्ध गराईएको हो ।
इन्ट्रा फाउण्डेसनको आयोजनामा अगष्ट १३ को साँझमा अमेरिकाको ओहायोस्थित सभाहलमा दुवै रियालिटी शो का विजेता घोषणा गरिएको थियो । दुवै प्रतियोगिताका विजयीहरुलाई प्रतियोगिता आयोजक इन्ट्रा फाउण्डेसनका सस्थापकअध्यक्ष डिल्ली अधिकारीले पुरस्कार हस्तान्तरण गर्नु भएको कार्यक्रम संयोजक रुद्ध बानियले जानकारी दिनुभयो ।
दुवै प्रतियोगिताका बिजेतालाई कारको चाबी र नगद १० हजार डलर हस्तान्तरण गर्दै फाउण्डेसनका अध्यक्ष अधिकारीले नेपाली भाषा, कला र साहित्यलाई निरन्तर अघि बढाउन लागिरहने बताउनु भयो । आफु नेपाल र नेपाली समुदायको प्रगतिका लागी निरन्तर लागिरहने बताउँदै विश्वको कुनै पनि कुनामा रहेका भए पनि नेपाली प्रतिभाहरुको पहिचान गरी उजागर गर्ने उहाँले बताउनु भयो ।
प्रवासमा बसेका नेपाली भाषी समुदायका प्रतिभाहरुले प्रतिष्पर्धा गरेको दुबै रियालिटी शोहरु केही समय अघि देखि शुरु भएका थिए । एसएमएस भोटिङ्गका माध्यमबाट विजेताहरुको छनौट भएको थियो ।
दुबै विजेताहरुले आफ्नो फेसबुक लाइफबाट आफ्नो सहयोगीहरुलाई र फाउण्डेसनलाई अनेक अनेक धन्यावाद प्रधान गरेका छनु । मंग्लाबार दुबै विजेताहरु आफ्नो निवास नयाँ गाडीमा जादै र उवाँहरुको स्वागतम् गरीने प्रबिण र रेणुले ग्लोबलपोष्टलाइ जानकारी दिनका छन् ।

Foundation handover Mero Voice Cup Session 2 winner Prabin Bardewa Winning Prize.
Foundation handover Mero Dance Cup Session 4 winner Renuka Chamling Winning Prize.
With Presiden Diliram Adhakari

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here