प्रविण बर्देवा मेरो भ्वाइस कपको विजेता, रेनुका राई मेरो डान्सको विजेता बन्दै: टोयोटा गाडी र १० हजार डलर पुरस्कार पाए

0
474

साउन २९/
अमेरिकामा दुईवटा रियलिटी शो सम्पन्न भएका छन् । गायन विधाको मेरो भ्वाइस कप सिजन २ र नृत्य विधाको मेरो डान्स कप सिजन ४ सम्पन्न भएका हुन । मेरो भ्वाईस कपको विजेता प्रविण बर्देवा बन्नु भएको छ भने मेरो डान्स कपको विजेता रेनुका राई हुनु भएको छ ।
इन्ट्रा फाउण्डेसनको आयोजनामा अगष्ट १३ को साँझमा अमेरिकाको ओहायोस्थित सभाहलमा एक भव्य कार्यक्रम गरी दुवै रियालिटी शो का विजेता घोषणा गरिएको हो । गायन रियालिटी शो मेरो भ्वाईस कपको विजेता बन्दै प्रविण बर्देवाले टोयोटा र्याभ फोर गाडी र १० हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नु भएको छ । विजयी बर्देवालाई इन्ट्रा फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले पुरस्कार हस्तान्तरण गर्नु भएको थियो । भ्वाइस कपको फष्ट रनरअप बन्दै करण तामाङ्गले ६ हजार अमेरिकी डलर तथा सुनको कप पुरस्कार पाउनु भएको छ । सेकेन्ड रनरअप शीतल शर्माले ३ हजार डलर, शोमा चौथो हुने लीला गजमेरले १५ सय अमेरिकी डलर र पाचौं हुने बाबा खालिङले पनि १५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्नु भएको छ ।
यसैगरी डान्स कपको विजेता रेनुका राईले टोयोटा र्याभ फोर गाडी र १० हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नु भएको छ । उहाँलाई नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले पुरस्कार हस्तान्तरण गर्नु भयो । त्यसैगरी डान्स कपको फष्ट रनरअप आयुसाले सुनको कप र ६ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नु भयो भने सेकेण्ड रनरअप सुनीता तामाङ्गले ३ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नु भयो ।
प्रवासमा बसेका नेपाली भाषी समुदायका प्रतिभाहरुले प्रतिष्पर्धा गरेको दुबै रियालिटी शोहरु केही समय अघि देखि शुरु भएका थिए । एसएमएस भोटिङ्गका माध्यमबाट विजेताहरुको छनौट भएको थियो ।

२०१६ को श्रृखलमा प्रथम विजेता भएका थिए पुणी गुरुङ , २०१७ मा मनिता मगर, २०१९ मा विसाल राई देखि२०२२ मा रेणुका राई । त्यसैगरि भ्यवइस कप २०१९को प्रथम मा आन्न राइ र २०२२ मा प्रविण बदेवा भएका छन् । फाउडेसनले जुन महिनाको दोस्रो हप्तमा भ्वाइसका उत्कृस्ट १२ जानाालाइ नेपाल लगेको थियो भने डान्स कपका ९ जाना उत्कृसटलाइ लगेको थियो । शोका प्रतिष्प्रधीहरुले नेपालमा सेमिराउडसम्म आफ्नो प्रतिभा देखाएका थिए ।
कार्यक्रमलाई रिमा विश्वकर्म, सुनिता गुरुङ, प्रजित रानाले उद्घोण गर्नुका साथै दुई रियालीटी शो मेरो डान्स कप युनिभर्सल र मेरो भ्वाइस कप युनिभर्सलको रेजिस्टेसन खुलेको बताएका छन् ।
अगष्ट १३ तारिक शनिवार साँझ अमेरिकाको ओहायोस्थित सभाहलमा इन्ट्रा फाउण्डेसनद्वारा आयोजित मेरो भ्वाइस कप सिजन २ को विजेता प्रविण बर्देवा र मेरो डान्स कप सिजन ४ को विजेता रेणुका राई घोषित भएका छन्। विजेताहरुले टोयोटा र्याभ फोर गाडी र १० हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन्।
भ्वाइस कपका विजेतालाई इन्ट्रा फाउण्डेसनका प्रमुख अध्यक्ष डिल्ली अधिकारीले पुरस्कार हस्तान्तरण गरेका थिए । डान्स कपकी विजेतालाई नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले हस्तान्तरण गरेका थिए।
एपिर्यल महिनाको सात तारिकबाट सुरुभएको अडिसनमा दुबै रियालिटी शोहरुमा एसएमएस भोटिङ्गका माध्यमबाट विजेताहरुको छनौट भएको सस्थाँका कार्यकारीणी संयोजक रुद्र बानियले जानकारी दिएका थिए ।
यसैगरी भ्वाइस कपको फष्ट रनरअप करण तामाङ्ग विजयी भएका छन्। उनले ६ हजार अमेरिकी डलर तथा सुनको कप पुरस्कार पाएका छन्। सेकेन्ड रनरअप शीतल शर्मा भएकी छन्। शर्माले ३ हजार डलर पुरस्कार पाइन्। त्यसैगरी शोमा चौथो हुने लीला गजमेर र पाचौं हुने बाबा खालिङले १५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन्।
डान्स कपमा फष्ट रनरअप आयुसा भएकी छन् भने सेकेण्ड रनरअप सुनीता तामाङ्ग घोषत भएकी छन्। फष्ट रनरअप आयुसाले ६ हजार अमेरिकी डलर तथा सुनको कप एवं सेकेण्ड रनरअप सुनीताले ३ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरिन्।
हजारौं दर्शकहरु सहभागी भएको कोलम्बस कन्भेन्सन सेन्टरमा आयोजित फाइनल शोमा बरिष्ठ संगीतकार शम्भुजित बांस्कोटा, चर्चित गायकहरु नरेन्द्र प्यासी, केशब पौडेल, किरण गजमेर, शिव परियार,मनोजराज शिवाकोटी,सुजाता बर्मा,अर्जुन रसाइली, जगदीश समाललगायतले सांगीतिक प्रस्तुति दिएका थिए भने कलाकारहरु सारङ्गा श्रेष्ठ, दिलिप रायमाझी, केकी अधिकारीलायतले नृत्य प्रस्तुत गरेका थिए।
फाउडेसनका प्रमुख अध्यक्ष डिलीराम अधिकारीले आफ्नो काम नेपाली भाषा, कला र साहित्यलाई निरन्तर अघि बडाइरहनेमा जोड दिएका छन् । त्यसेमा परोपकारी कार्यमा फाउडेसन सधैब लागिरहने र नेपालमा रहेका शरणर्थी र दुखमा परेको नेपालीहरुलाइ सहयोग पुर्याउनेमा सबै लागेको जानकारी गराउनु भएको छ ।
२०१६ को श्रृखलमा प्रथम विजेता भएका थिए पुणी गुरुङ , २०१७ मा मनिता मगर, २०१९ मा विसाल राई देखि२०२२ मा रेणुका राई । त्यसैगरि भ्यवइस कप २०१९को प्रथम मा आन्न राइ र २०२२ मा प्रविण बदेवा भएका छन् । फाउडेसनले जुन महिनाको दोस्रो हप्तमा भ्वाइसका उत्कृस्ट १२ जानाालाइ नेपाल लगेको थियो भने डान्स कपका ९ जाना उत्कृसटलाइ लगेको थियो । दुबैलाइ सोका प्रतिष्प्रधीहरुले नेपालमा सेमिराउडसम्म आफ्नो प्रतिभा देखाएका थिए ।
कार्यक्रमलाई रिमा विश्वकर्म, सुनिता गुरुङ, प्रजित रानाले उद्घोण गर्नुका साथै द्इ रियालीटी सो मेरो डान्स कप युनिभर्सल र मेरो भ्वाइस कप युनिभर्सलको रेजिस्टेसन खुलेको बताएका छन् ।
कोलम्बस कन्भेन्सन सेन्टरमा आयोजित फाइनल शोमा वरिष्ठ संगीतकार शम्भुजित बांस्कोटा, चर्चित गायकहरु नरेन्द्र प्यासी, केशब पौडेल, शिव परियार, मनोजराज शिवाकोटी, सुजाता बर्मा, अर्जुन रसाइली, जगदीश समाललगायतले सांगीतिक प्रस्तुति दिनु भएको थियो भने कलाकारहरु सारङ्गा श्रेष्ठ, दिलिप रायमाझी, केकी अधिकारीलायतले नृत्य प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा स्थानिय ओहायो राज्यका नेपाली भाषी कलाकारहरुले समेत आफ्नो प्रस्तुति दिएका थिए । कार्यक्रमको इन्ट्रा फाउण्डेसनको पेजबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here