रिपोटर्स क्लब नेपालको अमेरिकामा शाखा गठन

0
274

साउन २९/
ऋषि धमला अध्यक्ष रहेको रिपोटर्स क्लब नेपालको अमेरिकामा शाखा गठन गरिएको छ । पत्रकार किशन रेग्मीको नेतृत्वमा ९ सदस्सीय कार्य समिति सर्वसम्मत चयन गरिएको हो ।
कार्यसमितीमा ओम आचार्य, प्रशन्न ढुंगाना, रोषन अधिकारी, सरु शर्मा, शंकर थापा, महालक्ष्मी सिलवाल, टेक लामा र उत्तम धमला सदस्य रहनु भएको छ ।
यूएस खबर मिडीया नेटवर्क कर्पोरेशनसंग सहकार्य गर्दै रिपोटर्स क्लबले देश बाहिरको पहिलो शाखा बिस्तार गरेको हो । अमेरिकामा हुने सम्पुर्ण नेपाली समुदाय लगायतका गतिबिधि तथा छलफल कार्यक्रमको क्लबले समाचार, सम्वन्वय तथा सम्पादन गर्ने जनाईएको छ । रिपोटर्स क्लव नेपालका अध्यक्ष ऋषि धमलाले अमेरिका शाखा बिस्तारले अमेरिकामा रहेका नेपाली र नेपाली भाषी समुदायको समाचार र बिचार समेट्न सफल हुने बिश्वास ब्यक्त गर्नु भएको छ ।
यो संगै रिपोटर्स क्लब सम्वद्ध कार्यक्रमका लागि यूएस खबरका प्रधान सम्पादक किसन रेग्मीको संयोजकत्वमा क्लबका गतिबिधि संचालन तथा समाचार सम्पादन गर्न प्रकृया स्विकृत प्रदान गरिएको छ ।
अमेरिकामा रहेका नेपाली समुदाय र नेपाल बिच सेतुको भूमिका निर्वाहको उदेश्यमा रहेको यूएस खबरले रिपोटर्स क्लबको शाखा विस्तारको औपचारिक उद्घाटन अध्यक्ष ऋषि धमला सहित केन्द्रिय प्रतिनिधिको उपस्थितीमा गर्ने तयारी भईरहेको जानकारी दिईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here