सविना मल्लको आमा कविता

0
750

सबिना मल्ल
आमा!
तिम्रै यादले झसङ्ग झस्काउँदा
अन्यासै मुटु चसक्क चस्किन्छ!
थाहा छैन मलाई,
जाडोयाममा चिसोले हात गोडा कठ्याङ्ग्रीदा
तिम्रै न्यानो
 काखको याद आउँछ
गर्मीयामको टन्टलापुर घामले

पसिना टप्प टप्प चुहिँदा,
तिम्रो ममताको सितल छहारीको झल्को आउँछ
आमा,
सोच्दै थिएँ बचपनमा,
तिम्रा ती चिरा-चिरा परेका पाउलाई

निको पार्ने मलमपत्ती बन्नेछुफाटेको त्यो तिम्रो मजेत्रो सिलाउने
बलियो धागो बन्नेछु!
तर अपसोच!
न म तिम्रा लागि मलमपत्ती बन्न सकेँ
न त बलियो धागो नै!

आमा,
छरछिमेकको कुराको
कुनै प्रवाह नगरी,
सिर्फ! आफैँबाट अन्त्यको सुरूवाती गर्यौ
त्यो लैङ्गिक विभेदताको!
तर अपसोच!
एउटी छोरी भएर निभाउन सकिनँ
आफ्नो कर्तव्य र जिम्मेवारीको निष्ठा !
बन्न सकिन तिम्रो सुख दु:खको सारथि
अनि बुढेसकालको सहारा!

आमा,
औँठाछापमै सिमित तिमीले
अशिक्षाको अन्धकारलाई छिचोल्न सदैव
एउटा गतिलो दियो बाल्न तत्पर भयौ |
तर विडम्बना !
तिम्रा लागि अन्धकारको पर्दा हटाउने
गतिलो प्रकाश बन्न कदापि सकिनँ!

थाहा छ मलाई,
निर्विवाद तिमीले माफ गर्नेछौ
किनकी,
मेरा हरेक गल्तीलाई तिमी
निसङ्कोच आफ्नो ठान्थ्यौ
मेरो खुसीको लागि तिमी
मर्नु परे नि सदैव तत्पर थियौ!

त्यसैले आमा,
जुनीजुनीसम्म मलाई तिम्रै
सन्तान बन्ने अवसर देऊ,
किनकी,
मलाई तिम्रो बुढेसकालमा कमजोर शरीरको
भार थाम्ने बलियो खम्बा बन्नुछ
अनि फाटेको मजेत्रो होइन मन सिलाउने
बलियो धागो बन्नुछ! !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here