तालिबानले देश कब्जा गरेपछि अफगान राष्ट्रपति घानीले छाडे देश

0
540
तस्वीर : एपी

काठमाडौँ- तालिबान लडाकुले देश कब्जा गरेपछि अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छोडेका छन् ।

तालिवानीले अफगानिस्तानका अधिकांश भू-भाग आफ्नो कब्जामा लिएर राजधानी काबिल पुगेपछि राष्ट्रपति घानीले देश छोडेको समाचार सार्वजनिक भएको हो ।

राष्ट्रपति घानीले देश छोडेर काजिकास्तानतिर लागेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयर्टसले जनाएको छ । अफगान उपराष्ट्रपति पनि भागेको हुनसक्ने बीबीसीले जनाएको छ । दश दिनभित्र अफगानिस्तानका प्रमुख शहरहरू तालिबान लडाकुसँग झुकेको अवस्थामा उनी राजीनामा दिनुपर्ने दबावमा थिए।

यता, तालिवानले शान्तिपूर्ण सत्ता हस्तान्तरणको प्रतिक्षामा आफूहरु रहेको जनाएको छ । उसले सबै अफगानीको समावेशी सरकार चाहेको जनाएको छ ।

द गार्जियनले लेखेअनुसार बीबीसीसँग कुरा गर्दै तालिवान प्रवक्ता सुहाइल शाहीनले आफूहरुले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरणको प्रतिक्षामा रहेको बताएका छन् ।

उनले तालिवानले इस्लामिक सरकार चाहेको पनि बताएका छन् । शाहीनले तालिवानले महिलाहरूको सम्मान गर्ने बताए । उनका अनुसार महिलाहरूलाई शिक्षा र काममा पहुँच हुनेछ । उनीहरूले हिजाब लगाउन पाउनेछन् ।

उनले कसैले पनि देश छाड्नु नपर्ने, आफूलाई सबै सक्षम व्यक्तिहरू चाहिएको र सबै दशमै बसेर सहभागी होऊन् भन्ने चाहेको बताए । २० वर्षअघि अफगानिस्तानको सत्ताबाट च्युत भएको तालिबान फेरि लगभग सत्तामा पुगेको छ ।

अफगानिस्तानबाट अमेरिकी फौजसहित नेटोआवद्ध सैनिक फिर्ताको क्रम शुरू भएसँगै विभिन्न राज्य कब्जा गर्न कस्सिएको तालिबानले अन्ततः आइतबार राजधानीसमेत नियन्त्रणमा लिएको छ । अमेरिकी फौजले हात झिकेको ४५ दिनमै तालिबान राज्य कब्जामा सफल भएको छ ।

तर जब २००१ सेप्टेम्बर ११ मा अल कायदाले अमेरिकाको वर्ल्ड ट्रेड सेन्टर र पेन्टागनमा हवाई आक्रमण गरेपछि  अल कायदा प्रमुख ओसामा बिन लादेनलाई निसाना बनाएर तालिबानविरूद्ध अफगानिस्तानमा उत्रिएको अमेरिकी फौज २० वर्षसम्म बसेको थियो । यो बीचमा लादेनको हत्या गरेको अमेरिकाले  आफ्नो मिसन पूरा गरे पनि अफगानिस्तान अशान्त छाडेको भन्दै आलोचना शुरू भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here