एमाले उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता

0
315

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष डा.भीमबहादुर रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेले डा रावलले सभामुख अग्निप्रसाद सापकोटालाई दिएको राजीनामा फिर्ता लिएको जानकारी दिए ।

गत असार २८ गतेको सर्वोच्च अदालतबाट पुनःस्थापित प्रतिनिधिसभामा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने दिन यही साउन ३ गते एमालेभित्रको आन्तरिक विवादका कारण डा.रावलले राजीनामा दिएका थिए ।

डा.रावलले सत्ताको खेल अराजनीतिक र अस्वस्थ बन्दै गएकामा चिन्ता व्यक्त गर्दै राजीनामा दिएको जनाएका थिए । पार्टीलाई एकताबद्ध बनाउन लागेका डा.रावललाई एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले राजीनामा फिर्ता गर्न दबाब दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here