एमालेको नेपाल-खनाल समूहको मतबिनै देउवालाई बहुमत

0
340

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेको नेपाल-खनाल समूहको मतविना नै बहुमत पाएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका हुन् ।

विश्वासको मत लिन देउवालाई १ सय ३६ मत आवश्यक पर्नेमा  कांग्रेस, माओवादी केन्द्र र जसपा र राष्ट्रिय जनमोर्चाको गरी १४२ मत पुगेको छ ।

प्रतिनिधिसभामा कांग्रेसको ६१, माओवादी केन्द्रको ४८ (सभामुख बाहेक), एमालेको १२१ (माधव नेपाल पक्ष–२३ ), जसपा ३२ (उपेन्द्र यादव पक्ष–२०) तथा जनमोर्चा, नेमकिपा र राप्रपाको एक–एक मत छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here