देउवाको नेतृत्वमा नयाँ सरकार गठन

0
405

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएको छ ।

मंगलबार राति नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँगै कांग्रेसका अरु दुई जना तथा माओवादी केन्द्रका दुई जनाले सपथ लिएका छन् ।

गृहमन्त्रीमा बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रीमा पम्फा भुसाल र अर्थमन्त्रीमा जनार्दन शर्मालाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाएकी हुन् ।

दोस्रो पटक प्रतिनिधिसभा विघटन गरिएपछि ओलीविरूद्ध गठबन्धन बनाएर सर्वोच्च अदालतमा मुद्दा दायर गरेका बिपक्षी पाँच दलका तर्फबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतले सोमबार परमादेश जारी गरेको थियो । योसँगै २०७४ फागुन ३ मा प्रधानमन्त्री बनेका ओली सत्ताबाट च्यूत भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here