डेनमार्क युरोकपको क्वाटरफाइनलमा, वेल्सको लज्जास्पद हार

0
393

एजेन्सी-  डेनमार्क युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति भएको पहिलो प्रि-क्वाटरफाइनलमा वेल्सलाई ४-० गोलको फराकिलो अन्तरले पराजित गर्दै डेनमार्क अन्तिम आठमा पुगेको हो । डेनमार्कको जितमा युवा स्ट्राइकर कास्पर डोलवर्गले दुई गोल गरे । जोकिम महेले र मार्टिन ब्रेथवेटले एक/एक एक गोल गरे ।

जितसँगै डेनमार्क जारी युरोकपको क्वाटरफाइनलमा पुग्ने पहिलो टिम बनेको छ । डेनमार्कसँगको लज्जास्पद हारसँगै वेल्सको युरोकप यात्रा अन्तिम १६ मै टुंगिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here