फ्लोइडको हत्यामा पूर्वप्रहरी चोभन दोषी  ठहर, साढे २२ वर्ष जेल

0
531
तस्वीर : रोयटर्स

काठमाडौँ- अमेरिकाको मिनेशोटा राज्यको मिनियापोलसमा प्रहरी नियन्त्रणमा मारिएका अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोइडको हत्यामा दोषी ठहर पूर्वप्रहरीलाई  साढे २२ वर्ष जेल सजाय भएको छ ।

न्यायाधीशले शुक्रबार पूर्वप्रहरी अधिकारी डेरेक चोभनलाई साढे २२ वर्षको जेल सजाय सुनाएका हुन् । १४ दिनको सुनुवाईमा ४५ जना साक्षीको बयान तथा पक्ष विपक्षका वकिलको बहसपछि उनलाई दोषी ठहर गरिएको हो ।

चोभनलाई जीवनकाल भर बन्दुक लिन नपाउने फैसला पनि अदालतले गरेको छ । फ्लोइडको परिवार र समर्थकले सजायको स्वागत गरेका छन् ।

प्रहरीले नियन्त्रणमा लिने क्रममा प्रहरीले ९ मिनेटसम्म घाँटी थिच्दा ४६ वर्षीय फ्लोइडको मृत्यु भएको थियो । लगत्तै अमेरिकासहित विश्वका विभिन्न भागमा रंगभेदविरोधी प्रदर्शन चर्किएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here