अमेरिकाले थप साढे ५ करोड खोप वितरण गर्ने, नेपाललाई सिधै नदिइँने

0
382
तस्वीर : रोयटर्स

काठमाडौँ- अमेरिकाले थप साढे ५ करोड डोज खोप विभिन्न मुलुकलाई वितरण गर्ने भएको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले खोप वितरणको विस्तृत विवरण सोमबार सार्वजनिक गरेको छ ।

अमेरिकाले ल्याटिन अमेरिका, एसिया, मध्यपूर्व, अफ्रिका र क्यारेबियन मुलुकलाई दिन लागेको खोपमध्ये ७५ प्रतिशत कोभ्याक्समार्फत् दिने भएको छ । बाँकी २५ प्रतिशत खोप सोझै सम्बन्धित मुलुकलाई दिने तयारी भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

पछिल्लो खोपमध्ये ४ करोड १० लाख खोप कोभ्याक्समार्फत् बाँडिनेछ भने १ करोड ४० लाख डोज सोझै दिइनेछ। नेपाललाई भने उक्त खोप सिधै नदिइँने भएको छ । अमेरिकाबाट सिधै खोप पाउने मुलुकको सूचीमा नेपाल समावेश छैन।  दक्षिण एसियामा अफगानिस्तान, बंगलादेश र पाकिस्तानलाई अमेरिकाले सोझै खोप दिने तयारी गरेको छ ।

अमेरिकाले फाइजर, मोडेर्ना, जोन्सन एन्ड जोन्सन कम्पनीले बनाएका खोप अरू मुलुकलाई वितरणको तयारी गरेको हो । अमेरिकाले आफूले प्रयोग नगरेको खोपको केही मात्रा र बाँकी खरिद गरेर विभिन्न मूलुकलाई सहयोग गर्न लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here