डेनमार्क युरोकपको नकआउटमा, रूस बाहिरियो

0
580

काठमाडौँ- रूसलाई हराउँदै डेनमार्क युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

सोमबार राति भएको खेलमा रुसलाई ४-१ गोलले पराजित गर्दै डेनमार्क समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो ।घरेलु मैदान पार्केन स्टेडियममा डेनमार्कलाई जित दिलाउन मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसेन र जोकिम मुहलेले एक एक गोल गरे । रुसका आर्टम ज्यूबाले एक गोल फर्काए ।

जितसँगै समूह ‘बी’ को डेनमार्कले ३ खेलमा ३ अंक जोड्दै उपविजेता बनेको छ । डेनमार्कसँग पराजित रुस भने समूह चरणबाट बाहिरिएको छ । पुछारमा रहेको रुसले ३ खेलमा ३ अंक जोड्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here