इटालीसँग पराजित वेल्स पनि युरोकपको नकआउटमा

0
497

काठमाडौँ- इटाली र वेल्स युरोकपको नकआउटमा प्रवेश गरेका छन् ।

समूह विजेता बन्दै इटाली अन्तिम १६ मा प्रवेश गरेको हो । रोममा आइतबार राति समूह चरणको अन्तिम खेलमा वेल्सलाई १-० ले  पराजित गर्दै इटाली समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

वेल्सविरुद्ध इटालीका माटियो पेसीनाले ३९औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । खेलको ५६औँ मिनेटमा इथान एम्पडुले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो । त्यसपछि पनि उसले इटालीलाई गोल गर्न दिएन ।

जितसँगै समूह ‘ए’ को इटालीले समूह चरणमा शतप्रतिशत जित निकालेको छ । इटालीले ३ खेलमा ९ अंक जोड्यो ।इटालीसँग पराजित भएपनि वेल्स उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणमा पहिलो हार व्यहोरेको वेल्सले ३ खेलमा ४ अंक जोड्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here