युरोकपमा स्वीट्जरल्याण्डको पहिलो जित

0
334

काठमाडौँ- युरोकप फुटबलमा स्वीट्जरल्यान्डले शानदार जित निकालेको छ ।

आइतबार राति भएको समूह चरणको अन्तिम खेलमा टर्कीलाई ३-१ गोल अन्तरले परजित गर्दै स्वीट्जरल्यान्डले शानदार जति निकालेको हो । बाकुमा स्वीट्जरल्यान्डलाई पहिलो जित दिलाउन जद्रान शाकिरीले दुई गोल गर्दा हरिस सेफेरोभीले एक गोल गरे । टर्कीका इरफान केभाचीले एक गोल फर्काए ।

समूह चरणको अन्तिम खेलमा जित निकाले पनि स्वीट्जरल्यान्ड सिधै नकआउट चरणमा प्रवेश गर्न असफल भएको छ । तर, स्विट्जरल्यान्डको समूहको तेस्रो स्थानमा रहने उत्कृष्ट चार टिम बन्दै अन्तिम १६ मा स्थान बनाउने सम्भावना कायमै छ । यसका लागि सबै समूह चरणको खेल सकिनु पर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here