बाइडेन-पुटिन भेटमा अमेरिका-रूस सम्बन्ध सुधारको प्रयास

0
284

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच पहिलो पटक भेटवार्ता भएको छ ।

एकअर्काको प्रशंसा गर्दै बाइडेन र पुटिनले स्वीट्जरल्याण्डको जेनेभामा बिहीबार तीन घण्टा विताएका छन् । सन् २०१८ यता भएको पहिलो प्रत्यक्ष भेटवार्तामा दुई नेताहरूले खासै ठोस प्रगति भने कायम गर्न नसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

भेटवार्तापछि पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले बढाइचढाइ नगरी फरक मतहरू प्रस्तुत गरिएको उल्लेख गरेका छन् । रुसले नयाँ शीतयुद्ध नचाहेको पनि उनले बताए ।

रुसी राष्ट्रपति पुटिनले बाइडन अनुभवी राजनेता भएको उल्लेख गर्दे दुवैले ‘समान धारणा’ राखेको जनाएका छन् ।

दुवै पक्षले परमाणु अस्त्र नियन्त्रणबारे पनि छलफल थाल्ने भएका छन् । यस्तै सन् २०२० को राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको आरोप अमेरिकाले लगाएपछि फिर्ता गरिएका दुवै देशका राजदूतलाई फेरि कार्यक्षेत्रमा पठाउन बाइडेन र पुटिन सहमत भएका छन् ।

यस्तै साइबर सुरक्षा, हाल अढाई वर्षको जेल सजाय काटिरहेका विपक्षी नेता एलेक्से नभाल्नीको भविष्य जस्ता विषयमा पनि बाइडेन र पुटिनबीच कुराकानी भए पनि त्यसमा कुनै ठोस सहमति नभएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here