युरोकपमा रूसको पहिलो जित, फिनल्याण्ड पराजित

0
313

एजेन्सी- रुसले १६औँ संस्करणको युरोकप फुटबलमा पहिलो जित हात पारेको छ ।

बुधबार भएको समूह चरणको दोस्रो खेलमा फिनल्याण्डलाई १-० गोलले पराजित गर्दै रुसले पहिलो जित निकालेको हो । सेन्ट पिटर्सवर्ग स्टेडियममा रुसलाई जित दिलाउन एलेक्सी मिरानचुकले पहिलो हाफको इन्जुरी निर्णायक गोल गरे ।

जितसँगै समूह ‘बी’ को रुसले २ खेलमा ३ अंक जोडेको छ । रुस तालिकाको दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा रुस बेल्जियमसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।

फिनल्याण्डको यो पहिलो हार हो ।  पहिलो खेलमा फिनल्याण्डले डेनमार्कलाई १–० ले हराएको थियो । ३ अंकसहित फिनल्याण्ड तेस्रो स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here