अमिताभ बच्चनकी श्रीमतीबाहेक परिवारका सबैमा कोरोना संक्रमण

0
395

काठमाडौं – बलिउड अभिनेता अमिताभ बच्चनको परिवारमा जया बच्चनबाहेक परिवारका सबै जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

परिवारका सबै जनाको परीक्षण गरिएकोमा शनिबार अमिताभ र छोरा अभिषेकमा संक्रमण पुष्टि भएकोमा आइतबार बुहारी ऐश्वर्या र नातिनी आराध्यामा पनि संक्रमण पुष्टि भएको हो । अमिताभकी श्रीमती जया बच्चनलाई भने संक्रमण देखिएको छैन । बीबीसीका अनुसार कोरोना पोजेटिभ देखिएपछि अमिताभ, अभिषेक, ऐश्वर्या र आराध्यालाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ ।

महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले दिएको जानकारीअनुसार अमिताभको परिवारका चारजनामा कोरोना देखिएको छ । बलिउडका अभिनेता अमिताभ र अभिषेकले आफैंले सामाजिक सञ्जालमा लेखेर आफूहरूमा कोरोना देखिएको जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here