रोनाल्डको गोलले पनि जोगाउन सकेन यभेन्टसको हार, एसी मिलानसँग लज्जास्पद हार

0
602

काठमाडौं – क्रिस्टियानो रोनाल्डोको गोलका बाबजुद यभेन्टसले इटालियन सिरी ए मा एसी मिलानसँग लज्जास्पद हार बेहोरेको छ ।

अंक तालिकाको शीर्षस्थानमा रहेको साविक विजेता युभेन्टस मंगलबारको खेलमा लज्जास्पद एसी मिलानको घरेलु मैदान सान सिरोमा ४-२ ले पराजित भयो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा भने ६ गोल भएको थियो ।युभेन्टसले दोस्रो हाफको सुरुवाती ८ मिनेटमा नै २-० को अग्रता लिएपनि १८ मिनेटको अन्तरमा लगातार ४ गोल खायो ।

दोस्रो हाफको ४७ औं मिनेटमा फ्रान्सेली मिडफिल्डर एड्रीएन राबीओटले उत्कृष्ट गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । अग्रता लिएको ६ मिनेटमा नै युभेन्टसले क्रिस्टियानो रोनाल्डोको गोलमा २-० ले अगाडी बढ्यो । खेलको ६२ औं मिनेटमा घरेलु टोली मिलानले भिडियो असिस्टेन्ट रेफ्रीको सहायताले पेनाल्टी पायो ।

लिओनार्डो बोनुचीले कर्नरमा ह्यान्ड गरेपछि रेफ्रीले रिप्ले हेरेर पेनाल्टी दिएका थिए । फरवार्ड ज्लाटन इब्राहिमोभिचले उक्त पेनाल्टीलाई गोलमा परिणत गर्दै खेलमा फर्कने संकेत दिए । ६६ औं मिनेटमा इब्राहिमोभिचको पासमा फ्रान्क केस्सीले गोल गर्दै खेल बराबरीमा ल्याए । ६७ औं मिनेटमा मिलानले अग्रता लियो । एन्टे रेबिचको पासलाई पोर्चुगिज फरवार्ड राफाएल लिआओले गोलमा परिणत गर्दै पुनरागमन जीतको आधार बनाए ।

८० औं मिनेटमा युभेन्टसको कमजोर डिफेन्सको फाइदा उठाउँदै रेबिचले गोल गरे । गिआकोमो बोनाभेन्चुराले डिफेन्डरले दिएको पास आफ्नो नियन्त्रणमा लिँदै दिएको पासमा रेबिचले गोल गरेका थिए । यस हारका बाबजुद पनि युभेन्टस अंक तालिकाको शीर्षस्थानमा ७ अंकले अगाडी रहेको छ । युभेन्टसको ३१ खेलमा ७५ अंक छ । मिलान भने ३१ खेलमा ४९ अंकसहित पाँचौ स्थानमा उक्लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here