भारतीय सैनिक नियन्त्रणमुक्त गरिएको खबरमा चीनको खण्डन

0
730
सांकेतिक तस्वीर

काठमाडौं – लद्दाखको गलवान क्षेत्रमा भएको भिडन्तपछि नियन्त्रणमा लिइएका १० जना भारतीय सैनिकलाई छाडेको भन्ने खबरको चीनले खण्डन गरेको छ ।

उक्त समाचारप्रति खण्डन गर्दै चीनले कोही पनि भारतीय सैनिकलाई नियन्त्रणमा नै नलिएको प्रष्ट पारेको छ ।भारतीय सैनिक स्रोतलाई उधृत गर्दै बिहीबार राती भारतीय दैनिक द हिन्दु लगायतका भारतीय सञ्चार माध्यमहरूले सैन्य वार्तापछि चीनले नियन्त्रणमा एक लेफ्टिनेन्ट कर्णेल र तीन मेजरसहित १० जना भारतीय सैनिकलाई छोडेको बताएका थिए।

तर शुक्रबार बेइजिङमा चीनको विदेश मन्त्रालयका प्रवक्ताले भारतीय सैनिकलाई कब्जामा नै नलिएको बताएका छन्  ‘चीनले कुनै भारतीय सैनिकलाई कब्जामा लिएको छैन’, प्रवक्ता झाओ लिजिआनले भने, ‘भिडन्तको जिम्मेवारी सम्पूर्ण रूपमा भारतीय पक्षमा नै निहित छ।’

चीन र भारतबीच सोमबार (जुन १५ मा) भएको हिंसात्मक भिडन्तमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here