जर्मन बुन्डेस लिगा : आरबी लेइप्जिगसँग एफसी कोल्न पराजित

0
514

काठमाडौं – जर्मन बुन्डेस लिगा फुटबल अन्तर्गत सोमबार रातिको खेलमा आरबी लेइप्जिग विजयी भएको छ ।

कोरोना भाइरसको महामारीकाबीच जारी खेलमा लेइप्जिगले एफसी कोल्नलाई ४–२ ले पराजित गरेको हो । आरबीका लागि प्याट्रिक सेक, एकुन्कु, टिमो वर्नर र ओल्मोले गोल गरे । कोल्नेका तर्फबाट भने कोर्डोबा र मोडेस्टले गोल गरेका थिए ।

जीतपछि २९ खेलबाट ५८ अंकसहित आरबी तेस्रो स्थानमा पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here