नेपालमा कोरोना भाइरसबाट दोस्रो मृत्यु, कुल संक्रमित संख्या २९१ पुग्यो

0
513
तस्वीर : रोयटर्स

काठमाडौं – नेपालमा कोरोना भाइरसको संक्रमणबाट दोस्रो व्यक्तिको पनि मृत्यु भएको छ ।

बाँकेको नेपालगञ्ज बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय पुरुषको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले त्यसको पुष्टि गरे ।

यसअघि विहिबार  काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रबिसेस्थित राम्चेकी एक सुत्केरीको पनि कोरोनाले नै मृत्यु भएको थियो।

धुलिखेल अस्पतालमा विहिबार (१ जेठ) मृत्यु भएको हो । विहिबार नै उनको मृत्यु भए पनि मन्त्रालयले कोरोनाले नै उनको मृत्यु भएको शनिवार राति मात्रै पुष्टि गरेको थियो।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा आइतबार विहानसम्म संक्रमित हुनेको संख्या २९१ पुगेको छ । मन्त्रालयले आइतबार विहान जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा रौतहटका १० जना पुरूषमा संक्रमण देखिएको छ । उनीहरू रौतहट राजपुर नगरपालिका फरदवा – ९ का ७ जना र इशनाथ नगरपालिका ३ र ५ का ३ जना हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here