नेपालमा १ सय २१ जना कोरोना भाइरसबाट संक्रमित

0
874
तस्वीर : रोयटर्स

२८ बैशाख, काठमाडौं ।  नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १२१ पुगेको छ ।

सोमबार मात्रै कपिलबस्तु १० र सप्तरीमा १ जना संक्रमित भेटिएसँगै नेपालमा कुल संक्रमितको संख्या १२१ पुगेको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षण अनुसार नयाँ पुष्टि भएको संख्या १० जना कपिलवस्तु, यशोधरा गाउँपालिका ५ र बुद्धभूमि गाउँपालिका ७ निवासी १८, १९, २०, २०, २४, ३०,३१, ३४,३४ वर्षीय पुरुषहरु र १ जना उमेर नखुलेका पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ घर भएका १८ वर्षीय युवामा कोरोना संक्रमण देखिएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको स्वाब परीक्षणका क्रममा सप्तरीका युवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । संक्रमितमध्ये अहिलेसम्म ३३ जना संक्रमणमुक्त भएका छन् भने ८८ जनाको उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here