तीन जनामा कोरोना संक्रमण भएपछि वीरगञ्जमा त्रास, छपकैया क्षेत्र शिलबन्दी

0
595

काठमाडौं – तीन जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिपछि वीरगञ्जका बासिन्दा त्रसित भएका छन् ।

कारोना भाइरसको संक्रमण फैलिन नदिन तथा संक्रमितको समसर्गमा रहेकाहरुको खोजिका लागि भन्दै वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैया टोललाई शिलबन्दी गरिएको छ।

छपकैयामा बसेका ३ जना भारतीय नागरिकलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएसँगै सो क्षेत्रलाई स्थानीय प्रशासनले शिल गरेको हो।

जिल्ला प्रशासन कार्यालय पर्सामा सुरक्षा प्रमुख तथा सरोकारवालाहरुसहित बसेको बैठकले छपकैया क्षेत्रलाई शिल गर्ने निर्णय गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिएका छन्।

त्यसअघि प्रदेश-२ सरकारले पनि वीरगञ्ज महानगरपालिका छपकैया क्षेत्रलाई पूर्ण रूपले शिल गर्ने निर्णय गरेको थियो ।उक्त क्षेत्र पूर्णरुपमा शिल गरिएसँगै त्यहाँका बासिन्दाको कोरोना परीक्षण गर्ने कामलाई तीव्रता दिइएको समाजिक विकास मन्त्रालय प्रदेश नं.२ का सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

छपकैयास्थित एक मस्जिदमा बस्दै आएका २४ जनाको स्वाब परीक्षण गर्दा त्यसमध्ये तीन जना भारतीयमा कोरोना संक्रमण रहेको पुष्टि भएको थियो ।

कारोना संक्रमण पुष्टि भएपछि अहिले तीनै जनालाई नारायणी अस्पतालको आइसोलेशनमा राखिएको छ। कोरोना संक्रमण भेटिएका ३ जनामध्ये २ जना भारत उत्तर प्रदेश र एक जना दिल्लीका बासिन्दा हुन्।

कोरोना भाइरसको त्रासपछि नारायणी अस्पतालको इमरजेन्सीबाहेकको सेवा बन्द भएको छ । लकडाउनका बाबजुद अघिल्ला दिनहरुमा फाट्टफुट्ट चहलपहल देखिने गरेकोमा आइतबार वीरगञ्ज सुनसान देखिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here