लकडाउनले काम बिहिन भएका भुटानी शरणार्थिलाई सय क्विन्टल चामल राहत

0
699

चैत २८/
झापा र मोरङका शिविरमा तेस्रो देश पुनरस्थापना भएर बाँकी रहेका भूटानी शरणार्थीलाई झापा जिल्ला उद्योग संघले राहतस्वरुप चामल उपलब्ध गराएको छ ।
जिल्ला प्रशासन कार्यालयको अनुरोधमा संघले झापाको दमक र मोरङको पथरी शनिश्चरेमा रहेका भूटानी शरणार्थीलाई स्थानीय प्रशासनको समन्वय र सहयोगमा शिविरमै पुगेर झण्डै पाँच लाख रुपैयाँ बराबरको १० हजार किलो चामल उपलब्ध गराएको हो ।
बेलडाँगी शिविरका १६ सय र पथरी शिविरका ५२० परिवारका लागि चामल उपलब्ध गराइएको संघका अध्यक्ष टिकाराज ढकालले बताउनु भयो ।
स्थानीय गाउँ–शहरमा मजदूरी गरी जीविकोपार्जन गर्दै आएका ती शरणार्थीहरु कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण कामविहीन भई समस्यामा परेपछि झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले उनीहरुलाई सहयोग गर्न गरेको आग्रह अनुसार खाद्यान्न उपलब्ध गराइएको संघका अध्यक्ष ढकालले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here