नेपालमा थप एक जनामा कोरोनाको संक्रमण, संक्रमित हुनेको संख्या ३ पुग्यो

0
534

१२ चैत्र, काठमाडौं । नेपालमा एक अर्का व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको नमुना परीक्षणमा अर्का एक व्यक्तिमा पनि कोरोना पोजेटिभ देखिएको हो ।

संक्रमित व्यक्ति खाडी मुलुकबाट आएको र उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ।

कोरोना संक्रमणको एकजना विरामी थपिएको स्वास्थ्य मन्त्रालयले समेत पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३ पुगेको छ ।

यसअघि माघ ९ मा पहिलोपटक कोरोना संक्रमण देखिएका व्यक्ति उपचारपछि घर फर्किएका छन् भने आइतबार कोरोना संक्रमण देखिएको १९ बर्षीया युवतीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।

कतार ट्रान्जिट भएर गत चैत्र ४ गते नेपाल आएकी युवतीमा कोरोनाको संक्रमण देखिएसँगै उनीसँगै आएका अरु २ सय भन्दा बढी यात्रुसमेत कोरोना संक्रमणको जोखिममा छन् । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमण उच्च भएपछि सरकारले मंगलबारदेखि देशब्यापी लकडाउन घोषणा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here