कोरोना प्रभाव : नेपालीलाई तत्कालका लागि बिदेश जान रोक्ने सरकारी निर्णय

0
732
परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली पत्रकार सम्मेलनमा

२० फागुन, काठमाडौं । कोरोनाभाइरसको जोखिम उच्च भएपछि सरकारले आफ्ना नागरिकलाई तत्कालका लागि विदेश भ्रमणमा जान रोक लगाएको छ ।

सङ्क्रमण देखिएका विश्वका कुनै पनि देशमा जाने नेपाली कामदारलाई केही समयकालागि श्रम स्वीकृति नदिने निर्णय गरिएको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले जानकारी दिएका छन् ।

सरकारले यसअघि दक्षिण कोरिया जाने कामदारहरूलाई तत्काल नपठाउने निर्णय गरेर उनीहरूलाई केही समयका लागि रोकेर राखेको छ।

दैनिक १ हजारको हाराहारीमा वैदेशिक रोजगारीमा जानका लागि नेपाली कामदारले श्रम स्वीकृति लिने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ।

विभागका प्रवक्ता भोलानाथ गुरागाईँले हाल संस्थागत रूपमा १ सय १० वटा र व्यक्तिगत रूपमा १ सय ७१ वटा देशमा जानका लागि नेपाली कामदारलाई श्रम स्वीकृति दिने गरिएको थियो ।

नेपाल आउने विभिन्न ५ मुलुकका नागरिकलाई अनअराइभल भिसा तत्काललाई नदिइने निर्णय भएको छ । दक्षिण कोरिया, जापान, इरान, चीन र इटालीका नागरिकलाई दिइदै आएको अनअराइभल भिसा तत्काललाई रोकिएको हो।

सर्वोच्च अदालतले कोरोनाभाइरसको सङ्क्रमण देखिएका मुलुकमा आवश्यकता परे केही दिन वा महिनाका लागि अन्तर्राष्ट्रिय उडान रोक्न सरकारका नाममा सोमबार अन्तरिम आदेश जारी गरेको थियो ।

यसैबीच विश्वभर कोरोनाभाइरसको सङ्क्रमणमा वृद्धि भइरहेको भन्दै नेपाल वायुसेवा सञ्चालकहरूले ज्वरो, रुघाखोकी लागेका यात्रुलाई हवाई यात्रा नगर्न अपिल गरेका छन्। मङ्गलवार एक सूचना प्रकाशन गर्दै वायुसेवा सञ्चालक संघ, नेपालले उक्त अपिल गरेको हो।

यसैबीच कोरोनाको लक्षण देखिएर आइतबार टेकु अस्पतालमा भर्ना गरिएका ४ जनामा कोरोना नभएको पुष्टि भएको छ ।उनिहरुमा कोरोना नभएको पुष्टि भएपछि केही परामर्श दिएर घर पठाइएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा.सागरराज भण्डारीले जानकारी दिए ।

मंगलबार पुनः अरु दुई जनामा कोरोनाको लक्ष्यण देखिएपछि आइसोलेसन वार्डमा राखेर उपचार सुरु गरिएको भण्डारीले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here