आइफोनमा पनि गुगल क्रोमलाई डिफल्ड ब्राउजर बनाउन सकिने

0
855

१७ फागुन, काठमाडौं । आईफोन प्रयोगकर्ताले पनि थर्ड पार्टी एपलाई डिफल्ट ब्राउजर बनाई ईमेल प्रयोग गर्न सक्ने भएका छन ।

यसअघि आईफोनका प्रयोगकर्ताले डिफल्ट ब्राउजरमा सफारी र ईमलेमा एप्पलको आफ्नै इमेल सर्भिस प्रयोग गर्नुपर्ने बाध्यता थियो ।

प्रयोगकर्ता आफूले चाहेअनुसार ब्राउजर र इमेललाई डिफल्ट बनाउन नसके पनि गुगल क्रोम र जीमेलको एप डाउनलोड गरेर प्रयोग गर्न भने सक्दथे ।

तर, अब भने एप्पल प्रयोगकर्ताले गुगल क्रोमलाई डिफल्ट ब्राउजर र मोइक्रोसफ्ट आउटलुकलाई डिफल्ट ईमेल बनाउन सक्ने गरी एप्पलले काम गरिरहेको छ । ब्लुम्बर्गका अनुसार आईफोनको अपरेटिङ सिस्टम आईओएस फोर्टिनमार्फत यो सुविधा उपलब्ध हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here